युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ११ औं जन्मजयन्ती मनायाे

123

ओखलढुंगा  ।  युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ११ औं जन्मजयन्ती मनाइएको छ । उनको जन्मस्थान सिद्धिचरण नगरपालिका १२ मा सोमबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा सिर्जना वाचन गरियो । एक दर्जन स्रष्टाहरुले कविता, गजल वाचन गरे । उनको जन्मस्थानमा निर्माण गरिएको सिद्धिचरणको प्रतिमामा फूलमालाले माल्यार्पण गरियो ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका पूर्वमेयर मोहनकुमार श्रेष्ठ, मेयर तेजन खनाललगायतले उनले राणाविरोधी आन्दोलनमा कलमको माध्यमबाट पुर्‍याएको योगदानको स्मरण गरे । ओखलढुंगालाई एउटै कविताको माध्यमबाट चिनाएको भन्दै बर्सेनि उनलाई स्मरण गरिने वक्ताहरुले जनाए ।  कविहरु धनराम श्रेष्ठ, बालगोविन्द राजभण्डारी, डा. भेषनाथ खनाल, विरेन्द्र तामाङ, गगन राईलगायतले कविता वाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here