क्याम्पसमा नेपाल भाषा कसरी बढाउन सकिन्छ : रमन चाैलागाइ (दुर्गा)

293

काठमाडौं उपत्यकालाई उद्गमस्थल को रूपमा चिनिने यस नेपाल भाषाको इतिहास नेपाली समाज र नेपालको लागि लामो एक तथ्य र पुरानो इतिहास नै बनि सकेको छ । नेपाल भाषाको उत्पत्ति कहिले भयो भन्ने लामो प्रमाण नभएपनि लिच्छविकाल देखि यो भाषा प्रयोगमा आएको भन्ने ऐतिहासक प्रमाण र दस्तावेजहरु पाउन सकिन्छ। मुख्य गरी चीन तिब्बती अन्तर्गत तिब्बती बर्मेली शाखामा पर्ने नेवारी समुदायले प्रयोग गर्ने यो विशेष भाषा नेपालको मौलिक र आफ्नै भाषा हो ।

हाल यो भाषा बोल्ने मानिस ८ लाख भन्दा बढी रहेका छन्। यो भाषाको इतिहासलाई हेर्दा आजभन्दा २ हजार वर्ष अघि भएको मानिन्छ। खासगरी जब लिच्छवीहरू नेपाल प्रवेश गरे तब नयाँ भाषाको उत्पति गरे जुन भाषामा किराँती मैथली र संस्कृति भाषा मिसिएको थियो। साथै आधुनिक कालसम्म यसमा खस नेपाली भाषा पनि थपिंदै गयो। लिच्छविकालमा केही मात्रामा प्रयोग भएको यस नेपाल भाषाले सरकारी र मातृ भाषाको स्थान लिन सकेन। संस्कृत भाषालाई नै राष्ट्रिय र कामकाजको भाषाको रूपमा प्रयोग गरियो जसले गर्दा नेपाल भाषाको जरो उक्त समयमा फैलन सकेन यसको परिणामस्वरूप उक्त समयमा यस नेपाल भाषाको स्वरूप सानो बन्न पुग्यो।यसका बाबजुतपनि यस भाषाका भाषा प्रेमीले यसलाई अगाडि वढाउन प्रयत्न गरिरहे। जब मल्लको शासन आयो उक्त समयमा यस भाषा बोल्ने र प्रयोग गर्नेमा फरक आइसकेको थियो।

जंगबहादुर राणा सत्तामा आएर शासन सुरु भयो तब यस नेपाल भाषालाई उनले छिन्नभिन्न पारी यस भाषामा लेख रचना गर्ने लेखकहरूलाई जेल हाली ती नेपाल भाषामा लेखिएको पुस्तक जलाइदिए । हाल ती केही पुस्तक लन्डनको केही संग्रहालयमा रहेको छ

आफ्नै क्रममा अघि बढेको यस भाषाले मध्यकालमा आएर एउटा राम्रो रूप लिन सकेको थियो। अर्थात यस भाषालाई नै सरकारी कामकाजको भाषा तथा राष्ट्रिय भाषाको रूपमा लिन थालियो।जसले गर्दा मध्यकालीन लेख रचना र साहित्यमा समेत यस नेपाल भाषाको प्रयोग प्रशस्त मात्रामा भयो। जा मल्ल राजाको सट्टामा जंगबहादुर राणा सत्तामा आएर शासन सुरु भयो तब यस नेपाल भाषालाई उनले छिन्नभिन्न पारी यस भाषामा लेख रचना गर्ने लेखकहरूलाई जेल हाली ती नेपाल भाषामा लेखिएको पुस्तक जलाइदिए । हाल ती केही पुस्तक लन्डनको केही संग्रहालयमा रहेको छ भन्ने ऐतिहासिक जानकारी छ । खासगरी यस भाषालाई हालसम्म जिवितरुप प्रदान गर्ने व्यक्ति महेन्द्र मल्ल, सिद्धिदास महाजु, शुक्रराज शास्त्री र अन्य भाषा प्रेमी रहेका छन् । हाल यस भाषाको लिपिमा रञ्जना, नेवारी र पुटिन लिपि आदि रहेको तथ्य पाइन्छ ।

जब नेपाल आधुनिक कालमा अघि बढ्न सुरु गर्यो त्यसपछिका दिनमा पनि नेपाल भाषा जीवित रहेको कुरा पृथ्वी नारायण शाहको सुपुत्रले लेखेका विभिन्न साहित्यिक कृतिहरूले देखाएको पाइन्छ। मध्यकालमा राष्ट्रिय भाषाको नाम पाइसकेको यस नेपाल भाषालाई चन्द्रशमशेरले र जुद्धशमसेरले राष्ट्रीय भाषाको रुपमा नली संस्कृत भाषालाई राष्ट्रिय भाषाको नाम दिए ।

नेपाल भाषा आज २ हजार वर्षपछि पनि जीवित रहन सकेको छ। नेपालको अन्तरिम संविधान २०६३ लाई नेपाल धर्मनिरपेक्ष राष्ट्रको रूपमा लिएर सम्पूर्ण भाषालाई उत्थान गर्दै यति लामो इतिहास बोकेको यस नेपाल भाषालाई नेवारी जातिको एक विशेष मातृ भाषाको रुपमा प्रतिस्थापना गरेको छ जुन आज यस भाषा र जतिप्रेमिका लागि आनौठो र रहस्यात्मक विषय हो।

यसले गर्दा नेपाल भाषा सानो बन्न गए पनि राणा शासनको अबधिमा सानो रूप बोकेर अघि बढेको यस नेपाल भाषाले २००७ सालको राणा शासन अन्त्यसँगै एक नयाँ विकासको स्वरूप लिएर उदय भयो। त्यस पछिका दिनमा यस भाषा प्रेमीले यस नेपाल भाषालाई अगाडी बढाइरहे। नेपालको पटक-पटकको संविधान र विधानले भाषाको समर्धन गर्दै गयो। यसको परिणामसवरूप भाषा आयोग हरु गठन हुँदै भाषाको नयाँ घेरा र दायरा बने। भाषा र आफ्नो भाषा धर्मावलम्बी हरुले आफ्नो भाषा विशेषलाई जोगाउन निरन्तर प्रयत्न गरि रहे जसको परिणाम स्वरूप नेपाल भाषा आज २ हजार वर्षपछि पनि जीवित रहन सकेको छ। नेपालको अन्तरिम संविधान २०६३ लाई नेपाल धर्मनिरपेक्ष राष्ट्रको रूपमा लिएर सम्पूर्ण भाषालाई उत्थान गर्दै यति लामो इतिहास बोकेको यस नेपाल भाषालाई नेवारी जातिको एक विशेष मातृ भाषाको रुपमा प्रतिस्थापना गरेको छ जुन आज यस भाषा र जतिप्रेमिका लागि आनौठो र रहस्यात्मक विषय हो। यति गर्दै अघि बढेको यस नेपाल भाषालाई पनि नेपालको वर्तमान संविधान २०७२ ले नेवारी जातिको मातृ भाषाको रूपमा लिइएको पाइन्छ । जुन आजसम्म आइपुग्दा पनि केही सम्बर्धन र केही कमजोर स्थितिमा रहेको छ तापनि यो हाल वर्तमान नेपालको एक विशेष भाषाको रुपमा स्थापित र उदाउँदो सूर्यको रूपमा रही आएको पाइन्छ।
आजभन्दा  २ हजार बर्षअघि उदय भएको यस नेपाल भाषा आज पनि नेपाली समाजको उदाउँदो सूर्य भए पनि यसका विकासक्रममा अनेकौं हाँगाबिँगा कटिदैं यहाँसम्म आइपुगेको छ । जुन यस भाषाको लागि एक चुनौती पूर्ण विषय हो पटकपटकको यस्ता चुनौतीले गर्दा यस भाषामा पटकपटक अवरोध भए तापनि आज वर्तमान समयमा यो भाषा जीवित रहनु यो एक नेपाल भाषा प्रेमिका लागि एकदम महत्त्व पूर्ण कुरा र विषय हो तर हालसम्म वयका विकासक्रमलाई हेर्दा यो नेपाल भाषा यस वर्तमान समयसम्म आइपुग्दा निम्न चुनौती बोकी अगाडि बढेको पाइन्छ ती यसप्रकारका छन्।
१. आजभन्दा २ हजार वर्ष अघि जन्मेको यस नेपाल भाषा वर्तमान समयमा पनि उत्तिकै जीवित रहनु यो एउटा आफैमा चुनौतीको विषय हो।
२. लिच्छविकालमा उदय भएको यस नेपाल भाषाले मध्यकालमा उग्र रुप लिएर अघि बढी फेरि राणा कालको समयमा कम प्रयोग भई आधुनिक कालमा जोडिनु र जोडाउनु यस भाषाको लागि अर्को चुनौतीको रूप हो।
३.यस नेपाल भाषालाई वर्तमान राष्ट्र र हालको संविधान संग गाँसेर व्याख्या विश्लेषण गर्नु यसको अर्को चुनौती हो।
यी यावत चुनौतीको बावजूद पनि यस नेपाल भाषा आजको एक जातिको विशेष मातृ भाषाको रूपमा स्थापित हुनु हामी सबैका लागि विशेष खुसीको विषय हो।तापनि यस भाषाको इतिहासमा जेजस्ता समस्या र चुनौती देखा परे ती समस्या र चुनौतीलाई पन्छाउँदै आज वर्तमान समयसम्म यो नेपाल भाषा जीवित राखनु महत्वपूर्ण कुरा हो।त्यसकारण यस नेपाल भाषाको विकासक्रममा निम्न समस्या आइपरे तीमध्ये केही समस्या यसप्रकारका छन्
१.लिच्छविकालमा उत्पति भएको यस नेपाल भाषा मध्यकालमा उग्र रूपमा प्रयोग भई राणाकालको समयमा कम प्रयोग हुनु जसले यसको क्षेत्र सानो बन्न पुग्नु।
२. राणाकाल समाप्तिपछि नेपालको शासन, संविधान र विधानमा जोडेर यसको छुट्टै व्याख्या विश्लेषण गर्न नसकि नु ।
३. नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको घोषणा गरिनु तर त्यसको सही प्रयोगमा प्रभावकारी भूमिकाको उपस्थिति नझल्कनु ।
४. आफ्नो मातृ भाषालाई तथा धर्मसंस्कृति लाई परित्याग गर्नु।
५. पश्चिमी संस्कृतिको प्रलाेभनमा आफ्नो कला संस्कृति र भाषालाई तिलाञ्जली दिनु।
६. अविभावक तथा घरबाट मातृ भाषा र आफ्नो धर्मको बारेमा आफ्ना छोराछोरीलाई नसिकाइनु जस्ता यावत कुराको समस्याले गर्दा यस नेपाल भाषामा आज नयाँ समस्या देखापर्न थालेको छ जसको परिणामस्वरूप नेपाल भाषा आज हाम्रो एक चुनौती र समस्या बन्न पुगेको छ।त्यसकारण यी समस्यालाई निराकरण गर्दै यस नेपाल भाषालाई एक जाति विशेष मातृ भाषाको रूपमा स्थापित गर्दै विद्यालय, क्याम्पस र सिङ्गो नेपालमा प्रतिस्थापना गर्न एक ठूलो भूमिका निर्वाह गर्नु आवश्यक छ।जसले भोलिका दिनमा यस भाषाका लागि क्याम्पस र विद्यालयमा विद्यार्थी साथै यस भाषा सिक्ने मानिसको लार्को वढाउन सक्छ।जसका लागि हामी र देशले निम्न विषयमा विचार पुर्याउन सक्नुपर्छ
१.  आज यस भाषाका भाषा प्रेमीले यस नेपाल भाषाका लागि जुन योगदान दिएका छन् त्यसको बावजूद राष्ट्रले यस नेपाल भाषालाई एक संरक्षण दिनुपर्छ।
२. मातृ भाषाको रूपमा नेपालको संविधानले यस नेपाल भाषालाई पनि प्राथमिकता दिएको छ जसलाई भोलिपनि एक मातृ भाषाको रुपमा स्थापित गर्दै लैजानु आवश्यक छ।
३. यस भाषालाई मातृ भाषाका रूपमा स्थापित गर्न विगतका जस्तै अवरोध नआउला भन्न सकिन्न जसको लागि राष्ट्र, भाषा आयोग तथा अन्य गैरसरकारी संस्थाले संरक्षण दिनुपर्छ।
४. अरु विषय जस्तै नेपाल भरका सम्पूर्ण सामुदायिक तथा व्यक्तिगत विद्यालयमा,क्याम्पसमा र अन्य निकायमा परिमार्जित ढ्ङ्गबाट यसको पठनपाठन हुनेगरी पाठ्यक्रमको विकास हुनुपर्छ।
५. पढाइने सिलसिलामा यस नेपाल भाषाका लागी उपयुक्त हुनेगरी अभ्यास सामाग्री र सब्दशब्दावलीको प्रयोग गरिनुपर्छ।
६. विगतका भाषा ग्रन्थ र यसका प्रचलित लिपिहरूको खोज अनुसन्धान गरिनु पर्छ।
७. अविभावक तथा घरका जेष्ठ सदस्यले आफ्नो छोराछोरीलाई मातृ भाषा सिकाउने ,लेखाउने तथा बोल्न लगाउने जस्ता कुरामा प्राथमिकता दिनुपर्छ।
८. यस भाषालाई अघि बढाउनका लागि विभिन्न भाषा संस्थानले विद्यार्थीको आवश्यकता प्रयोगात्मकता आदिलाई मध्यनजर गरि अघि बढ्नुपर्छ।
९. अरु शिक्षा जस्तै यस नेपाल भाषाको पढाइलाई पनि निःशुल्क र मातृभाषा प्रेमीलाई अनिवार्य विषयको रूपमा प्रतिस्थापन गर्नुपर्छ।
समग्रमा नेपाल भाषा एक लामो इतिहास बोकेको नेपालको एक मौलिक भाषा हो।जुन लिच्छविकाल भन्दा पहिलेनै सिर्जना भई अनेकौं चुनौतीको बावजूद आज वर्तमान समयमा समेत यसको सानो अस्तित्व भए पनि जीवित रहन सकेको छ। त्यसकारण हामी नेपाली र यो जाति विशेषले यस नेपाल भाषा लाई भोलिका दिनमा समेत प्रतिस्थापना गर्नु आवश्यक छ।जुन इतिहास र विकास बोकी लहरको तात मा यस नेपाल भाषाले आफ्नो यात्रा सुरु गर्यो त्यो एक आफैमा चुनौती होइन भनेर भन्न सकिन्न ।त्यसकारण भोलिका दिनमा यो भाषा पनि एक मातृ भाषाको रुममा स्थापना गर्नु आवश्यक छ।

अन्त्यमा हामी यही भन्न सक्छौं कि यस नेपाल भाषा नेपालको इतिहास बोकेको एक मौलिक भाषा हो । जुन भाषा आज हाम्रा लागि एक चुनौतीपूर्ण अवस्थामा रहेको छ जसलाई राष्ट्र ,संविधान, विधान,समाज र व्यक्तिले आत्मसाथ गर्दै सिङ्गो यो देश नेपालको एक मातृ भाषाको रूपमा प्रतिस्थापन गर्नु आवश्यक छ जसका लागि भाषा प्रेमी, म र हामीजस्ता सारा तत्वहरुले संवर्धन गर्दै लैजानु आवश्यक छ । जुन इतिहासबाट आयो त्यसलाई बचाएर एक नयाँ इतिहास बनाउन यस नेपाल भाषाका लागि चुनौती भएपनि यसको लागि निरन्तर प्रयत्न गर्नु र व्यवहारिकता मा नेपाल भाषा प्रस्तुत गर्नु यो एक जाति विशेषका लागि नभई नेपाल भाषा विकासका लागि निरन्तर प्रयत्न हुन्छ जसले भोलिका दिनमा यस नेपाल भाषाको एक नया इतिहास सिर्जना गर्न सकिन्छ त्यसकारण हामी देश र भाषा प्रेमी यस नेपाल भाषालाई जोगाउन र बढाउन सदा जागरुक भएर लागि पर्नु आवश्यक छ जसले गर्दा भविष्यमा यस नेपाल भाषाको सख्या तथा गुणात्मकता मा वृद्धि ल्याउन सकिन्छ जसले यस नेपाल भाषा पढ्ने विद्यार्थी बढ्नमा सफल भुमिका निर्वाह गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here