वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज

74

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् ।

राजेशमान, मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिए । त्यसपछि उनीहरूसँगै मतगणनास्थल वीरगञ्ज-१४ पिपरा नृसिंह मावि पुगेर प्रमाणपत्र लिएका थिए ।

सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका छन् । सांसद यादवले सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पजेमा राख्दै लेखेका छन्, ‘ हामी संगै लडेका थियौं, संगै जित्यौ पनि, हामी संगै रहन्छौ, संगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पूर्ण वीरगञ्जवासीको जीत हो ।’

नृसिंह माविमा मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि सांसद यादव सहित आफना समर्थकका साथ सिंहले वीरगञ्जमा विजय जुलुस निकालेर नगर परिक्रममा गरेका छन् ।

एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई पराजित गर्दै सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here