जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

156

काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा प्राप्त भएको र जिल्ला अदालत काठमाडौंको २०७८ फागुन २९ गतेको आदेशले निज प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको थियो ।

उनी उपर प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here