नायः खिं बाजा प्रदर्शनी हुने

71

काठमाडाैं । नेपालभाषा राष्ट्रिय खड्रगी समाजकाे अायाेजनामा नायः खिं बाजा प्रदर्शनी हुने चैत्र ११ गते शनिबार हुने भएकाे छ ।

नेवार समुदायमा बजाइने बाजागाजाहरु मध्ये सबैभन्दा बढि महत्वपूर्ण मानिएकाे  नाय् खिं बाजा पनि एक भएकाे तथा जसकाे खिं बाजा खड्गी समुदायले संरक्षण गरिरहेको जनाउँदै यस तान्त्रिक बाजा संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले नायः खिं बाजा प्रदर्शनी गर्न लागेको आयोजकले जनाएको छ ।
नायः को अर्थ नेपालभाषामा नाइके हो । बाजाहरु मधये अग्र पंतीमा रहने गरेकोले नै यस बाजा नाइके बाजा अर्थात नायः खिं बाजा भनिएको हो ।
नेवार समुदायको कुनै पनि जात्रापात्रा पर्वमा नायः खिं बाजा अनिर्वाय रुपमा बजाएर प्रारम्भ गर्ने चलन रहेकाे छ  । यसै बाजालाई प्रबद्र्धन, संरषण गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका समन्वयमा नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिले प्रदर्शनी आयोजना गर्न लागेकाेमा  साँखु, थानकोट, जोरपाटी, पाटन, कामपाका भित्री क्षेत्रहरुको नायः खिं प्रर्दशनी गरिने समितिका सचिव प्रतिक खड्गीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here