विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।
खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले जनाएका।
संघीय सरकारले मुल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले जनाए । प्रदर्शनका क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।


















