अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय

115

चितवन ।  भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।

उनले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here