बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लाग्याे

206

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ

। सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश्रित परिणाम देखिएको छ ।  बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बीमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो ।

अन्य उपसमूह भने राताम्य भयो ।  बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ । बिहीबार मेघा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर २४७.५० रुपैयाँ पुग्यो ।  नारायणी विकास बैंकको मूल्य ६.२० प्रतिशतले बढ्दै ३७७ रुपैयाँ पुगेको छ ।

बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ । सिंगटी हाइड्रो, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपासहितका कम्पनीको मूल्य समेत घेरै घट्नेमा रहेको छ । यस दिन मेघा बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here