काठमाडौं महानगरपालिका १३ मा एमालेका ध्रुव नारायण मानन्धर विजयी

219

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा रजनी महर्जन (धौवान्जार) दुई हजार ८४१ मतसहित विजयी हुनुभयो । दलित महिला सदस्यमा एमालेका मैयाँ देउला र सदस्यद्वयमा एमालेका रुपेश महर्जन र एमालेका राम बाबू कोइराला विजयी हुनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here