काठमाण्डौ/ नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक उदयपुरमा सुरु भएको छ । अन्तर्राष्ट्रिय गायनवाट सुरु भएको उक्त बैठकमा महान सहिदहरुप्रति श्रन्द्धान्जली , बेपत्ताहरुको स्मरण र घाइतेहरुप्रति सम्मान गरिएको थियो ।
अपरान्ह २ बजेबाट सुरु भएको उक्त १३ औ बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिबेदनका साथै पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा प्रतिवेदन पेश गरेको जनाइएको छ । उक्त बैठकमा नेकपा(बहुमत) गठन गरी फूटपरस्त घटनामा संलग्न भएका ११ जना केद्रीय सदस्यबाहेक अरु सबै केन्द्रीय सदस्यहरु उपस्थित भएको जनाइएको छ । उक्त केन्द्रिय समितिको बैठक ऎतिहासिक र उल्लासमय वातावरणमा भैरहेको जनाइएको छ ।


















