प्रभु क्यापिटलकाे ३ दिने सेयर तालिम सम्पन्न

124

काठमाडाैं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय व्यवस्थापन विभागमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीका लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागअन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जनाविद्यार्थी सहभागी थिए ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थासँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here