काेराेना सक्रिय संक्रमित हाल देशभर ११० जना

94

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

आइतबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन्।  गत चौबीस घन्टामा १ हजार ११९ पीसीआर तथा ८५० एन्टिजेन परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here