तालिबान चीनको सहायतामा निर्भर रहने

78

एजेन्सी । चीनसँग सहायता लिएर अफगानिस्तानलाई आर्थिक संकटबाट पार लगाउने तालिबानले जनाएको छ ।

प्रवक्ता जबीउल्लाह मुजाहिदले इटलीको एक पत्रिकासँग कुराकानी गर्दै तालिबान चीनको सहायतामा निर्भर रहने जनाए ।

काबुल छोडेसँगै पश्चिमी मुलुकहरूले अफगानिस्तानलाई दिइएको आर्थिक सहायता पनि रोकेका छन् । यस्तो स्थितिमा तालिबानका लागि चीन महत्त्वपूर्ण सहयोगदाता हो ।

मुजाहिदले भने, ‘चीन हाम्रो सबभन्दा महत्त्वपूर्ण साझेदार हो । उसले हाम्रा लागि मौलिक र असाधारण अवसर जुटाएको छ । अफगानिस्तानमा लगानी तथा पुनर्निर्माण गर्न ऊ तयार छ ।’

न्यु सिल्क रोडमार्फत चीन व्यापार मार्ग खोलेर विश्वमा प्रभाव बढाउन चाहन्छ । अफगानिस्तान उक्त मार्गको महत्त्वपूर्ण मुलुक हो । अफगानिस्तानमा तामाका खानीहरू छन् र चीनको सहायताले ती खानीहरू सञ्चालन हुन सक्छन् ।

चीन संसारभरिका लागि आफ्नो प्रवेशद्वार भएको जबीउल्लाह मुजाहिदले जनाए ।

यूएस एसिया प्रोग्रामको जर्मन मार्शल फन्डका सिनियर फेलो एन्ड्रु स्मलले अफगानिस्तानमा चीनको सहभागिता राजनीतिक स्थिरतामा निर्भर रहने बताए । चीनले शर्त राखेर अफगानिस्तानलाई सहायता दिने उनले बताए । चीनले मानवीय सहायता त उपलब्ध गराउला तर नयाँ सरकारलाई आर्थिक संकटबाट ननिकाल्ने उनको धारणा छ ।

देशमा स्थिरता र सुरक्षा भएमा मात्र चीनले दिगो लागनी गर्ने स्मल जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here