जीवन्तलाई राजकाज मुद्दा लाउने तयारीमा ओली सरकार

319

काठमाडौं /सरकारले प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउमा परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ लाई सरकारले राजद्रोहको अभियोग लगाएको छ । शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई आज बिहानै टेकु चौकीमा लगेर अदालतमा ल्याई सो मुद्दा दायर गरिएको हो । जिल्ला अदालत काठमाण्डौंले जीवन्तलाई पाच दिनको म्याद थपेको छ ।

सो पार्टी गठन भएर आएपछि पहिलोपटक कुनैपनि नेतालाई राजद्रोहको अभियोग लगाएको यो पहिलोपटक हो । सोही अभियोगमा मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आफूहरु देशको स्वाधीनता र जनताको अनधिकारको लागि शान्तिपूर्ण एकीकृत जनक्रान्तिको कार्यदिशासाथ जनतामाझ् राजनीतिक गतिविधि गरिरहेको प्रतिक्रिया आइतबार अदालतमा परिसरमा उपस्थित संचारकर्मीहरुलाई दिए ।

नेता जीवन्तलाई गिरफ्तार गरेयता आइतबार बिहान ११ बजेतिर मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुबाट सार्वजनिक गरिएको थियो । गिरफ्तारपछिलगत्तै कालो चश्मा र त्यसमाथि कालै पट्टी लगाएको र त्यो आजै टेकु ल्याइपुर्याएपछि मात्र खोलिएको समेत उनले जानकारी दिए । ‘राज्य साँच्चिकै फासीवादी बनेको छ, यो फासीवाद धेरै टिक्दैन’ उनले भने आजै काठमाडौं जिल्ला अदालतले अखिल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्कीलाई थप ४ दिन र युवा संगठनका जयराम डंगोललाई आजै तीन दिन म्याद थप गरेको छ । जीवन्त, कार्की र डंगोल तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । महासंघका संयोजक कार्कीलाई फागुन २१ गते राजधानीको सामाखुशी र डंगोललाई फागुन १५ गते दिउँसो ४ बजे जोरपाटीबाट गिरफ्तार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here