काठमाडौं / स्वास्थ्य सेवा विभागले मातहतका कार्यालयमा कार्यरत एकैपटकमा मा २ हजारभन्दा बढी कर्मचारीको सरुवा गर्दै सूचि गोप्य राखेको छ।
विभागका केही कर्मचारीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बसेर शुक्रबार अबेर रातिसम्म सरुवा हुने कर्मचारीको अन्तिम सूचि तयार पारेको जनाएको छ ।
सरुवा भएका कर्मचारीको सूचि गोप्य राखेर विभागका केही कर्मचारीले मोबाइल अफ गरेका छन् भने केहीले फोन नलाग्ने बनाएर बसेका छन्।
सरुवा सूचिमा मन्त्री, राज्यमन्त्रीदेखि उच्च तहका कर्मचारी र कर्मचारी संघसंगठनको केही व्यक्ती समावेश गरिएको जनाएको छ। उक्त सूचि सार्वजनिक गर्दा विवाद आउने देखिएपछि गोप्य राखिएको विभागका एक कर्मचारीले जानकारी दिए।


















