डबल नेकपा विरूद्व नेविसंघको प्रदर्शन

82
काठमाडौं -डबल नेकपा सरकार विरुद्ध  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।

आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो।

नेविसंघकेन्द्रीय समितिले प्रदर्शनी मार्गमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।  ‘अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर नेविसंघले प्रदर्शन गरेका हुन्।  कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिकेको विरोधमा आफूहरू सडकमा आउनुपरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।  त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा नेविसंघ कार्यकर्ता संलग्न रहेको आरोपमा केही नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।

चलाउनेमाथि आक्रमणमा संगठनको हात नरहेको नेविसंघले दाबी गर्दै आएको छ।   ‘हाम्रा नेता कार्यकर्तालाई प्रहरी प्रशासनले झुटा मुद्दा लगाएर दु:ख दिएको छ,’ भट्टराईले भने, ‘वास्तविक दोषी उम्काउन प्रशासनले हाम्रा कार्यकर्तालाई नियन्त्रणमा लिई दु:ख दिइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here