के कारणले गर्दा निन्द्रा लाग्दैन ?

575

काठमाडौं /  मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । निद्रा भनेको हाम्रो जीवनको आधारभुत आवश्यकता हो । २४ घण्टामा कमसेकम ७ देखि ९ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ।

निद्रा नलाग्न कारणहरु के के हुन् र निद्रा नलाग्ने कारणहरु धेरै छन्। शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आध्यात्मीक कारणले गर्दा मानिसमा निद्रा नलाग्ने हुन्छन्।

शारीरिक कारणमा धेरै किसिमका शारीरिक रोग, टाउको दुख्ने, भोक नलाग्ने, बिभिन्न किसिमका शारीरिक पिडाहरु हुन्छन् । सामाजिक कारणमा तनावहरु जस्तै आर्थिक, पारिवारीक, व्यक्तिगत तनावले गर्दा पनि निद्रा लाग्दैन। त्यसैगरी आध्यात्मिक मानिसहरुमा योग, व्यायाम ग¥यो भने र इच्छा पूरा ग¥यो भने निद्रा लाग्ने हुन्छ । अर्को मनोवैज्ञानिक कारणहरुमा डिप्रेशन, एन्जाइटी लगाएतका रोगहरु पर्दछन्।

हामीहरु दैनिक ८–९ घण्टा सुत्ने गर्छौं तर नार्कोलेप्सी भएकाहरु त्यो भन्दा धेरै बढी सुत्ने हुन्छन् । साथै कोहीकोहीलाई दिउँसो निद्रालाग्ने भनेको धेरै खाना खाएपछि हो । यसमा मानिसलाई एक्कैछिन मात्र निद्रा लाग्छ र फ्रेस हुन्छ । दिउँसो निद्रा लागेर दैनिक कार्यमा धेरै असर ग¥यो भने केही औषधिहरु खानुपर्ने हुन्छ तर नेपालमा यो औषधि हालसम्म उपलब्ध छैन।

यदि दिउँसो निद्रा लाग्छ भने सकमेसम्म ननिदाउनु नै उचित हुन्छ । निद्रासँग सम्बन्धित कस्ता समस्याहरू देखिन्छन् रु धेरै रोगहरु निद्रासँग सम्बन्धित हुन्छ । डिप्रेशन, एन्जाइटी जस्ता बिभिन्न रोगहरुमा निद्रा नै पहिलो समस्या हो ।डिप्रेशन, एन्जाइटी तथा अन्य मनोवैज्ञानिक रोगको पहिलो लक्षण नै निद्रा नलाग्नु हो।

यसबाहेक रोगलाग्दा, चिन्ता, दुखाई, डर, मानसिक तनाव आदीका कारणले पनि निद्रा नलाग्ने हुनसक्छ । कुनै रोग नलागि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसले निद्रा नलाग्ने हुनसक्छ । निद्रा नलाग्ने समस्याहरु पनि विभिन्न किसिमका हुन्छन्। कहिले काँही थकानले सुत्न लागेपछि १र२ घण्टासम्म निद्रा नलाग्ने वा २ देखि ३ घण्टापछि निद्राखुल्ने र फेरी निद्रा नलाग्ने हुन्छ।

राती निद्रा खुलेर पुनः सजिलै लाग्छ, भने यो रोग भने होइन । निद्रामा बरबराउने किन हुन्छ र बरबराउनु रोग हो ? निद्राको साइकल हुन्छ । त्यो साइकल पार गर्दै जाँदा सपनाहरु आउने हुन्छ । सबै मानिसलाई प्रत्येक दिन सपना आउँछ तर जसलाई निद्राको समस्या हुन्छ, त्यस्ता मानिसले धेरै सपना देख्ने हुन्छ।

किन भने धेरै जसो सपनाहरु गहिरो निद्रामा देखिन्छ ।गहिरो निद्रामा आएको सपना सम्झिन सकिदैन । तर कम गहिरो निद्रामा आउने सपना मात्र सम्झने हुन्छ । त्यसैले कहिलेकाँही सपनामा आउने कुराहरु बरबराउने हुन्छ । निद्राको कारणले नै बरबराउने हुन्छ । यो रोग होइन, यस्तो समयमा मानिसलाई पनि थाहा हुदैन । यो सपनासँग आउने मात्र हो।

निद्रामा दाह्रा किट्ने कस्तो समस्या हो रु यो पनि निद्रामै हुने भएको हुँदा मानिसलाई थाहा हुदैन । यो पनि रोग होइन ।यसलाई गम्भीर रुपमा लिनुहुदैन । निद्राको समयमा ऐठन किन पर्छ रु सुतेको समयमा शरीरका अंगहरु चल्ने हुन्छ । तर कहिले काँही कुनै अंगमा प्रेसर प¥यो भने त्यस ठाँउमा राम्रोसँग रक्तसंचार हुन पाउदैन।

त्यस समयमा श्वासप्रश्वास बन्द भएको जस्तो हुन्छ । यस्तो अवस्थामा चेतनमा भएपनि निद्रामा भएका कारण मानिस चल्न सक्दैन जसले ऐठन हुन्छ । अर्को कारण एउटै पोजीसनमा लामो समयसम्म सुतेमा पनि ऐठन हुने हुन्छ । मानिस चलेमा यो आफै ठिक भएर जान्छ । निद्रामा हिड्ने कस्तो समस्या हो रु यसलाई चिकित्सकीय भाषमा सोम्नबोजिम भनिन्छ । सोम्नबोजिम भनेको निद्रामा हिड्ने समस्या हो।

व्यक्ति आफैलाई निद्रामा हिँडेको थाहा हुदैन । यो समस्या गहिरो निद्रामा नपुग्दै सपनाको कारणले हुन्छ । यस्तो समस्यामा व्यक्तिलाई गहिरो निद्राको लागि औषधि पनि दिन सकिन्छ । यस्तो समस्या भएकाहरुले झ्याल, ढोकाको चुक्कल राम्रोसँग लगाउने जस्ता सावधानी अपनाउनु पर्छ।

यसले शारीरिक असर गदैन तर कहिले काँही दुर्घटना हुन जान्छ । निद्रा लगाउने उपाएहरु के के हुन् र रु जसलाई राती निद्रा लाग्दैन त्यसले राती सुत्ने र बिहान उठ्ने समय एउटै बनाउनु पर्छ । राती निद्रा लागेन भनेर बिहान ९ बजेसम्म सुत्नु हुदैन । बिहान नियमित एउटै समयमा उठ्नु पर्छ । त्यसैगरी यस्ता समस्या भएकाले चिया, कफि, सुर्तिसेवन गर्नुहुदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here