पत्रकारहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने

92

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने जनाएका छन्।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘पत्रकारहरुलाई ऋण दिने भन्ने कुरा साँचो हो। हामीले त्यसको योजना बनाएका छौँ’, उनले भने, ‘बजेट वक्तव्यको कुनै कुरामा पनि त्यो समावेश थियो। तर छुट्न पुगेछ। त्यसलाई हामी हामी लागु गर्छौँ।’

उनले पत्रकारहरुले प्रश्न गर्न नपाउने गरी बजेटमा राख्न छुटे पनि लागु गर्ने बताए। ‘यसबारेमा पत्रकारहरुले प्रश्न गर्न नपाउने बनाउन पाएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘तर पत्रकारहरूका लागि हामी यो सुविधा उपलब्ध गराउँछौँ।’

मन्त्री शर्माले अनलाइन सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापनबारे मोडालिटी बनाएर लागु गर्ने जनाए।

‘त्यसबारे मोडालिटी बन्दैछ, त्यस्ता सञ्चारमाध्यम हजारौँ छन्’, उनले भने, ‘यसलाई पनि हामी लागू गर्छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here