काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्टले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा क्वीन अफ दि म्याच अवार्ड जितेकी छन् ।
कामना सम्मिलित पुलिस क्लबले मंगलबार राति क्लब हाल्फ लाइन लिंकेजलाई ३-१ को सेटमा हराउदा कामनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
समूह बी मा पुलिसको यो लगातार तेस्रो जित हो ।
प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ र सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।


















