राष्ट्रपति भण्डारीद्वारा बडीमालिका र खप्तडमा पूजाआजा

127

बाजुरा  । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गर्नुभएको छ ।

जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन छ । राष्ट्रपति भण्डारीले प्रचलन अनुसार पूजा आराधना गर्नुभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

‘‘आज बिहान साढे ७ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुग्नुभएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘आजै नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्म प्रस्थान भएर बडीमालिका पुजाका लागि प्रस्थान गर्नुभएको हो ।’’

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किनुभएको हो । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here