नेपालगञ्जमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप

93

काठमाडौं ।  पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोजेपछि बाँकेको नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएकाे खबर बाहिरिएकाे छ ।

साे क्षेत्रमा स्थिति नियन्त्रण लिन खाेज्दा केही सेल अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी गराए ।

पूर्वराजा शाहको वंशनास भएको दिनको अवसर पार्दै बिहीबार धम्बोजीमा शालिक राख्न खोजिएको थियो। उक्त शालिक राप्रपाले राख्न लागेको पाइएको सिडिओ खत्रीले जनाए ।

यसअघि पनि नेपालगञ्जको भित्रुवन चोकमा पनि पूर्वराजा त्रिभुवनको शालिक राख्न खोजिएको थियो। त्यसबेला पनि शालिक हटाउने प्रयास गरेपछि प्रशासन पछि हटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here