सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण बुझेन : पूर्व स्वास्थ्यमन्त्री थापा

85

काठमाडौं ।  स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको जनाए  ।   उनको प्रश्न छ,  ‘अन्य मन्त्रालयले ल्याएको कार्यक्रमका आधारभूत कुरा नै अर्थ मन्त्रालयले चलाउन पाउँछ? अर्थमन्त्रालय सुपर मिनिस्ट्री हो?’

आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने जनाए । अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको धारणा छ।

बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने उनको धारणा छ।

‘स्वास्थ्य बिमाका सन्दर्भमा यो सामाजिक सुरक्षाको कार्यक्रम हो। वर्षौं लगाएर हामीले स्वास्थ्य बिमाको अवधारणा बनाएको हो। यहीँ उभिएर मैले कानुन प्रस्तुत गरेको हो। त्यसमा थप काम गर्नुपर्नेछ,’ उनले थपे,  ‘अर्थ मन्त्रालयले के कार्यक्रम ल्याइदियो अब यो बिमा कम्पनीमार्फत् चलाउने। नेपालले अहिलेसम्म लिएको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here