नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित

226

काठमाडौँ। कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ। कतारको दोहामा शुक्रवार बन्द रङ्गशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकसी र इसाम अल सुभीले समान एक गोल गरे।

नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ। ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणअन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो। जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ को र दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ। समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here