शारीरिक सम्बन्ध नभएपछि पत्नीले गरिन् २४ करोड क्षतिपूर्ति दाबी

111

काठमाडाैं । वैवाहिक जीवनमा आएको समस्याका कारण यतिबेला भारतको उडिसास्थित कलाकार जोडी चर्चामा छ ।

चर्चित कलाकार जोडीको विवाद घरभित्रै सीमित रहेन, अब अदालतदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल भएको छ ।
कलाकारबाट सांसद बनेका अनुभव मोहंतीले पत्नीकै कारण विवाहको ८ वर्षसम्म शारीरिक सम्बन्ध हुन नसकेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप हुन थालेपछि अदालतले यस्तो नगर्न निर्देशन दिएको छ । उनकी पत्नी वर्षा प्रियदर्शिनीले भने अनुभवले आफूमाथि घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी छन् । त्यसबापत उनले २४ करोड क्षतिपूर्ति मागेकी छन् ।

अदालतमा मुद्दा पुगेपछि अहिले दुवै सम्बन्धविच्छेदको पर्खाइमा छन् । सन् २०१४ मा दुवैको विवाह भएको थियो । विवाहको केही समय सम्बन्ध राम्रै भए पनि केही पछिदेखि विवाद शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२० मा अनुभवले सम्बन्धविच्छेदका लागि दिल्लीको अदालतमा निवेदन दिएका थिए । सुनुवाइपछि अदालतले मुद्दालाई उडिसाको अदालतमा पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here