काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको काम हुन नसकेपछि वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा जुटेका छन्।
आज सोमबार दिउँसोदेखि वडाको फोहोर संकलनमा जुटेका वडाध्यक्ष रिजालले महानगरमा फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएको वातावरण व्यवस्थापन विभागको सहयोग भने लिएका छन्। सोह्रखुट्टे चोकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोर संकलन गरेको वडाले तीन गाडी फोहोर संकलन गरिसकेको छ। अन्य ५ गाडी फोहोर संकलन गर्ने वडाध्यक्ष रिजालले बताएका छन्।
नेपाल समय अहिले अल्पकालीन व्यवस्थाका लागि फोहोर संकलन गरिएको उनको भनाइ छ। संकलन गरिएको फोहोर वडा कार्यालयमै राखिने र बञ्चरे डाँडामा भएको अवरोध हटेसँगै यहाँबाट लगिनेछ।


















