एनसीसी गठन हुने

115

काठमाडौं  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को पदाधिकारीहरूको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।

गत चार जुनमा संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारीहरूको बैठकले जुन अन्तसम्म २५ वटा भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) गठन गर्ने आधारसहित निर्णय गरेको हो।

हालसम्म मध्यपूर्वको साउदी अरब र क्यानडामा एनआरएनए एनसीसी गठन भएका छन्। युरोपको क्रोएसियामा पहिला नै एनसीसी गठन भएता पनि यसै हप्ता मान्यता प्रदान गरिने भएको छ। कतिपय देशमा भने अद्यावधिक रहेका एनआरएनए एनसीसीहरुले साझेदारी सहकार्यमा काम गर्न तयार भएका छन्।

अब युरोपमा ९ भन्दा धेरै एनसीसी तयारी अवस्थामा छन्। मध्यपूर्वमा र अफ्रिकामा ६, एसियामा ६, अमेरिका क्षेत्रमा २, ओसीयानियामा २ गरी २५ भन्दा धेरै एनसीसीहरु बन्ने भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here