लाइभ : प्रतिनिधि बैठकमा बजेटमाथि छलफल

90

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सङ्घीय संसद भवनमा बैठक सुरु भएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, आर्थिक वर्ष २०७९/०८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो ।

विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफलअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शीर्षकहरुका बारेमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here