युवाको सपना सपनै रहने भन्दै गायक प्रशान्त श्रेष्ठ

168

सपना पुरा गर्न विदेशिनु पर्ने युवाको कथामा प्रशान्तको
प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक
युवा गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक
युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन ।

स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।

भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ ।

भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ ।

आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मीहरुलाई भिडियो हेरेर सक्दो सहयोग गरिदिन हुन आग्रह पनि गरेका छन । https://youtu.be/MF5THA3Y1Hw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here