दक्षिण कोरियाद्वारा चार देशका लागि नयाँ राजदूत नियुक्त

111

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।

सियोल नेशनल युनिभर्सिटीका प्रोफेसर चुंग जे–होलाई चीनको लागि दक्षिण कोरियाली राजदूतको रूपमा नियुक्त गरिएको हो ।

सन् १९९३ मा युनिभर्सिटी अफ मिशिगनबाट विद्यावारिधिको उपाधि प्राप्त गरेपछि चुङले हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन गरेका थिए ।

चुङ सन् २००७ मा रेन्मिन युनिभर्सिटीका भिजिटिङ प्रोफेसर र इन्स्टिच्युट फर चाइना स्टडीज र सेन्टर फर इन्टरनेशनल स्टडीजका पूर्व निर्देशक समेत थिए ।

कोरिया राष्ट्रिय कूटनीतिक एकेडेमीका पूर्व प्रमुख युन डुक–मिनलाई जापानका लागि राजदूतका लागि नियुक्त गरिएको छ भने पूर्व राष्ट्रपतिका विदेश मामिला सचिव चाङ हो(जिनलाई रुसका लागि राजदूत नियुक्त गरिएको छ ।

त्यस्तै, बेलायतका लागि पूर्व राजदूत ह्वाङ जुन–कुकलाई संयुक्त राष्ट्रसंघका लागि राजदूत नियुक्त गरिएको छ ।RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here