नाइजेरियन टोली ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले जंगी अड्डाको भ्रमण गरे

123

काठमाडौं । नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचेनुले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।

भ्रमणदललाई लक्षित गरी जंगी अड्डामा नेपाली सेनासँग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिएको थियो । भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित श्रीमध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित श्रीवीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण सम्पन्‍न गरेको थियो ।

मित्रराष्ट्रका सैनिकबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं मजबुत पार्न थप मद्दत पुग्ने र दुई देशबीच आपसी हित तथा पारस्परिक सम्बन्ध सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ  नाइजेरियन टोली जेठ २८ गते स्वदेश फर्किनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here