स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते

106

चितवन । पूर्वी चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत रत्ननगर नगरपालिका वडा नं. ३ वेल्सीमा बिग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाण्डौं जादै गरेको बिआर०५ पीए ९९७४ नम्वरको स्कार्पियो ठोक्किएको थियो । दुर्घटनामा परी जीपमा सवार वारा कलैया घर भएका ४२ वर्षीय राजिवप्रसाद कुर्मी, सोही स्थान घर भएका ६० वर्षीय रामबाबु साह, ६१ वर्षीय महमदबाबु खान, ४० वर्षीय सिलादेवी साह र वाराको गढीमाइ नगरपालिका वडा नं. १० का ३२ वर्षीय रामजीप्रसाद साह घाइते भएका छन् ।

विहान ४ः२० बजे भएको दुर्घटनामा घाइते भएका यात्रुको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइराखेको छ । दुवै सवारी साधानलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here