आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

54

 

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित धादिङ त्रिपुरा सुन्दरी
गाउँपालिका-५ घर भई तारकेश्वर नगरपालिका-६ लोलाङ बस्ने ३२ वर्षीय सागर गौरीले
संचालन गरेको सोफा कारखानामा मंगलबार दिउँसो आगलागी हुँदा सोफा बनाउन प्रयोग
गरिने फर्म लगायतका सामानहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।

सिरहा, मिर्चैया नगरपालिका-५ बसपार्कस्थित अनिल शर्माको बिश्वकर्मा ईन्जिनियरिङ वर्क शपमा लेथ मेसिनमा बिद्युतको तार सर्ट भई मंगलाबर राति आगलागी
हुँदा लेथ मेसिन तथा अन्य उपकरणहरु जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ बस्ने जग मिया पवरियाको घरमा बिद्युत सर्ट भई उनको घरसँगै जोडिएका अन्य ३ जनाको घरमासमेत आगो सल्कएर मंगलबार राति
आगलागी हुँदा ४ वटा घर, लत्तकपडा, अन्नपात, फर्निचर जलेर करिब २० लाख रुपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।
चितवन, खैरहनी नगरपालिका-८ पर्सा बजारस्थित अमृत धमलाको श्री राज
प्लाष्टिक पसल सप्लायर्समा बिद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब
३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  साथै  रुपन्देहीकाे लुम्बिनी साँस्कृति नगरपालिका-६ तेनुहवा बस्ने अब्दुल मुसलमानको कुखुरा
फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना जलेर करिब १० लाख रुपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here