तनहुँको आंबुखैरेनी दुर्घटनामा २ शव फेला

101

काठमाडाैं | शुक्रवार बिहान मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आंबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा परेका २ जनाको शव फेला परेको छ ।

शुक्रवार बिहान करीब ४ः३० बजे बा१०च ४६७९ नम्बरको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोर सहितको टोलीले उद्धार गर्ने क्रममा ग१५प २९५३ नम्बरको मोटरसाइकलमा सवार अनुमान गरिएका गोरखाको सिरान चोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको छ भने बा३३प १०८१ नम्बरको मोटरसाइकल हराइरहेको र मोटरसाइकलमा सवार व्यक्ति सुरक्षित रहेका बुझिएको छ । सडकमा गुडिरहेको कार र मोटरसाइकल सडक भाँसिएसँगै दुर्घटनामा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here