काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।
शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल हुँदैछ । बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । साथै उहाँले ‘‘फौजदारी कसूर तथा फौजदारी कार्याविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ मनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।


















