अमुक विद्यार्थी संगठन प्रयोग गर्दै नेविसंघलाई बदनाम गर्न खोजियाे

134
काठमाडाैं । सत्तापक्षकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसहितका शैक्षिक संस्थामा ताला लगाएपछि विरोध भइरहेका बेला नेविसंघले आफ्नो कदमको बचाउ गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठन समर्थित विद्यार्थीहरुलाई अनेक लाञ्छना लगाइएको गुनासो गरेका छन्।
उनले सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्न उद्यत कुनै पदाधिकारीलाई शोभनीय नभएको उल्लेख गरेका छन्।
‘विश्वविद्यालयका नेविसंघ समर्थित विद्यार्थीलाई अनेक लाञ्छना लगाउँदै नेविसंघको सामाजिक, राजनितिक र शैक्षिक योगदानमा हिलो छ्याप्न उद्धत हुनु कुनै पनि पदाधिकारीलाई शोभनीय कुरा होइन,’ विज्ञप्तिमा भनिएको छ,‘आफ्नो अकर्मण्यताको ढाकछोप गर्न गैरजिम्मेवार तरिकाबाट राजनितिक अभिष्ट पूरा गर्न प्रजातान्त्रिक पक्षका नेता र वर्तमान सरकारलाई दोष थुपार्दै ५ महिना देखि कार्यालय परिसर बाहिर बसेर आफूअनुकुल निर्णय गर्ने पदाधिकारीले अमुक विद्यार्थी संगठन प्रयोग गर्दै नेविसंघलाई बदनाम गर्न खोजिएको पनि देखिएको छ।’

धम्कीपूर्ण भाषालाई कसरी निस्तेज पार्नु पर्छ भन्ने पाठ नेविसंघलाई कसैले सिकाइरहनु नपर्ने चेतावनी पनि उनले विज्ञप्तिमार्फत दिएका छन्।

शेर्पाले त्रिविमा लगाइएको ताला पनि खोल्ने घोषणा गरेका छन्। ताला खोल्ने घोषणासँगै लामो समयदेखि त्रिविमा रहेको विकृत विसंगति छानबिनका लागि १५ दिनभित्र उच्चस्तरीय समिति बनाउन पनि शेर्पाले माग गरेका छन्।

 

जेठ २७, २०७९, शुक्रबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here