एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी अरु छैन : ओली

110

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अन्य शक्तिले नसक्ने  जिकिर गरे।

एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले पटक–पटक दोहोर्‍याएका छन्।

उनले भने, ‘देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नुछ भने एमालेबाहेक अरुले अगुवाइ गर्न सक्दैन। सही सत्य कुरा यो हो। यो राजनीति गरेको होइन, भोट मागेको होइन । देशको हितको पक्षमा बोलेको हो।’

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरु पार्टीहरुले त्यो गर्न नसक्ने दाबी गरे। उनले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनीसमेत दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here