प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई

95
प्रधानमन्त्री शेरबहादुर देउवाले आइएफजे (IFJ) मा निर्वचित हुनु भएकाे मा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देललाई बधाई तथा शुभकामना दिदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उहाँलाई बधाई तथा शुभकामना  दिनुभएको हो।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा हो भन्नुभयो।

साथै, उहाँले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाउनुभयो।

अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो।

युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि उहाँलाई बधाई दिनुभएको छ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here