कथानक चलचित्र ‘चिसो मान्छे’को गीत सार्वजनिक 

189

काठमाडौं । बहुप्रतिक्षित नेपाली कथानक  चलचित्र ‘चिसो मान्छे’को गीत सार्वजनिक भएको छ। ‘जीवन बाटोमा’ बोलको गीत आइतबार सार्वजनिक भएको हो। गीतको लिरिकल भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको छ।

गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको देउडा भाकामा रेखा जोशीले स्वर दिएकी छन् भने बाँकी भाग निखिता थापाले गाएकी छन्।

गीतमा प्रस्तुत देउडा भाकाको शब्द गितकार हर्क साउदले लेखेका हुन् भने बाँकी भागकको शब्द गितकार शहदेव अर्यालले लेखेका हुन्। सुवास भुसालले गरेको संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेञ्ज गरेका छन्।

यो गीत रहेको फिल्म ‘चिसो मान्छे’ दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म हो। फिल्मका लेखक तथा छायांकार पनि उनै हुन्। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरिकी छिन्। फिल्म असार ३ गतेबाट देश तथा विदेशमा प्रदर्शनमा आउँदै छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here