उमेर बढाएर २७ वर्षदेखि वृद्ध भत्ता बुझेको भेटियो

220

 

बैतडी । नेपाली नागरिकताको प्रमाणपत्रमा आफैले जन्म मिति बढाएर २७ वर्षदेखि वृद्ध भत्ता लिनेगरेको रहस्य पत्ता लागेको छ । बैतडीको डिलासैनी गाउँपालिकाका ती बृद्धले २०५२ सालदेखि हालसम्म वृद्ध भत्ता लिनेगरेको पत्ता लागेको हो । वृद्ध भत्ता लिने डिलासैनी गाउँपालिकाका अन्य १२ जना पनि अनुसन्धानको दायरामा छन् ।

नागरिकता केरमेट गरी उमेर बढाएर वृद्ध भत्ता खाने डिलासैनी गाउँपालिकाका १३ जना र दोगडाकेदार गाउँपालिकाका एक जना गरी १४ जनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

“२७ वर्षदेखि वृद्ध भत्ता बुझ्दैआएको व्यक्तिको उमेर २०७० सालमा ७० वर्ष पुगेको देखिएको छ” सूचना अधिकारी भारतीले भन्नुभयो, “विगत २७ वर्षदेखि वृद्ध भत्ता बुझेको पाइयो ।” राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि स्थानीय तहको वडामा टोली पुगेको र नागरिकता केरमेट भएकालाई प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय पठाउँदा यस्तो कुरा खुल्न आएको सूचना अधिकारी भारतीले बताउनुभयो ।

“केरमेट भएका नागरिकताको पुरानो ढड्डा खोज्दा वास्तविक जन्मदिन फेरा प¥यो” जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीले भन्नुभयो,“ कतिपय वृद्धले वडा र गाविसका सचिवले नै उमेर बढाएर भत्ता खुवाएको बताएका छन् । अब जसले जे भने पनि जन्ममिति बढाएर भत्ता लिनेबाट दोब्बर असुलउपर गर्नुका साथै नागरिकता ऐन २०६३ अनुसार कारवाही अघि बढाएका छौंं, उहाँले भन्नुभयो ।

जेष्ठ नागरिकलाई मानसिक तनाव हुनेभएकाले उहाँहरुको नाम सञ्चार माध्यममा सार्वजनिक नगरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । नेपाल सरकारले २०५१ सालदेखि वृद्धभत्ता दिन सुरु गरेको समाचार गोकर्ण दयालले गाेरखा पत्रमा  लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here