बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

47

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।  पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश२–०३–००१ख ०२४२ नम्बरको बसले सुनारद्धय सवार ना २ अ ६४ नम्बरको अटो रिक्सालाई गएराती २ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here