‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक

176

काठमाडाैं । नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित ‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण बस्यालको शब्द, गायक राजेश बर्देवा तथा गायिक मेनुका परियारको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन पनि गायक बर्देवाले नै गरेका हुन । लाजिम्पाट स्थित ओपेरा रेष्टुरेन्टमा कलाकार, भिडियो टिम र सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको थियो । पछील्लो समय नायक धिरेन शाक्य म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छन । दिनहुँ जसो एउटा भिडियो सार्वजनिक भईरहेको छ ।

सार्वजनिक कार्यक्रममा आफ्नो टिमको तर्फबाट बोल्दै अभिनेता शाक्यले भिडियोसंगै केही चलचित्रहरु पनि छिट्टै आउने कुरा बताउनुभयो । गीत सुन्न बितिकै आफुलाई राम्रो लागेको र त्यसमा अझ कमल राई जस्तो वरिष्ठ डान्स डाइरेक्टर भएपछी र सबै यही बिधाका अनुभवी व्यक्तित्वहरुसंग काम गर्न पाँउदा सजिलो र सहज भएको पनि बताउनुभयो ।

अन्तत: भिडियो राम्रो बन्यो सम्पूर्ण दर्शकश्रोताहरुले हेरेर सल्लाह सुझाव दिनुहुन तथा सम्पूर्ण सञ्चारकर्मीहरुले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनु हुन अभिनेता शाक्यले आग्रह गर्नुभयो । राज सिने आर्टस प्रालि तथा सविना सुनार सँयुक्त प्रस्तुति तथा वरिष्ठ प्राविधिक राजेश महर्जन तथा रघु गौतमको संयोजकत्वमा तयार पारिएको भिडियोमा वरिष्ठ नृत्य निर्देशक कमल राई निर्देशन तथा नृत्य निर्देशन रहेको छ भने सहायक कोरियोग्राफर सुमित गुरुङको कोरियोग्राफी, वरिष्ठ चलचित्र छाँयाकार शिव ढकालको छाँयाकन तथा बनी शाहको सम्पादन रहेको छ । कार्यक्रमको सञ्चालन भने हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए । भिडियोलाई ओ एस् आर डिजिटलको अफिसीयल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here