क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि

59

ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराउनुभएको हो ।

उहाँले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताउनुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ– मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।

गत हप्तामात्र उहाँले अमेरिकी शहर लस एन्जेलसको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उहाँ आइतबार अमेरिकाबाट स्वदेश फर्किनुभएको थियो र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी हुनुभएको छ । उहाँलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि उहाँ हाल एकान्तमा रहनुहुने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्नुहुने छ । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here