नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

70

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपाल सुखत नतिजा निकाल्दै छनोट खेल अन्त्य गर्ने अभियानमा छ ।

यसअघिका दुई खेलमा लगातार पराजित भएको नेपाल छनोटबाट बाहिरि सकेको छ । पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलले पराजित भएको थियो । इन्डोनेसिया तुलनात्मक रुपमा नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

यसअघि नेपाल र इन्डोनेसियाबीच एक पटक भिडन्त भएको थियो । सन् २०१४ मा इन्डोनेसियामै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० गोलले पराजित भएको थियो । छनोटको समूह  ‘ए’ मा रहेको नेपाल तालिकाको अन्तिममा छ ।

दुई खेलबाट समान तीन अंक बनाएको इन्डोनेसिया र कुवेत दोस्रो र तेस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक बनाएको जोर्डन तालिकाको शीर्षस्थानमा छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here