नवलपरासी पश्चिम । पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ सय ८० एम्पुल, प्रोमेथाजाइन ९ सय १५ एम्पुल र बुप्रेनोर्फिन ९ सय ६५ एम्पुल आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५३ बिवाई ०११५ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलको पछाडी बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरी हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















