काठमाडौं । अहिले बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू(भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


















