म्युजिक भिडियो ‘लागेन बोतलको पानीले’ सार्वजनिक

166

काठमाडौ । आर्या मिडिया हाउसको प्रस्तुति गायक डिजराज पौडेलको शब्द संगीत अनि स्वर रहेको आधुनिक गीत ‘लागेन बोतलको पानीले’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।राजधानीमा एक कार्यक्रम गर्दै उक्त गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो।भिडियो सार्वजनिक कार्यक्रममा एक दर्जन बढी कलाकारहरुको उपस्थिति रहेको थियो। बेली डान्सर बिनु शाक्यको साथमा राजकुमार थापा, आयन राई, राजन चौलागाई ‘खैराते’, घनश्याम एन्टिना, अतीत यक्तेन लिम्बू, राज सिजापती, अम्बिकालयायतका कलाकारहरुको प्रस्तुती रहेको यो भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाइ बालकुमार मगरले छायांकन र सम्पादन गरेका हुन भने कोरियोग्राफी अर्जुन सिलवालले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनहरा नगरपालिकाकि उपमेयर शान्ता थापा,विभिन्न कलाकार ,गायक,राजनितिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा कागेस्वरी मनहरा नगरपालिका भित्र रहेका विभिन्न कलाकारहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here