सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध

81
sf7df8f}F, @ c;f/M k|ltlglw;ef a}7sdf dGqL sfsL{ k|wfgdGqL z]/axfb'/ b]pjf tyf /IffdGqLsf tkm{af6 k|ltlglw;efdf laxLaf/sf] a}7sdf ah]6 ljlgof]hg;DaGwL ;f+;bn] p7fPsf k|Zgx¿sf] hjfkm lbFb} ;~rf/ tyf ;"rgf k|ljlwdGqL 1fg]G›axfb'/ sfsL{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिनुहुँदै मन्त्री कार्कीले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट रहेको बताउनुभयो । साथै सीमासम्बन्धी विषय संवेदनशील भएका कारण वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने मान्यता रहेको पनि उहाँको भनाइ छ । उहाँले यसका लागि कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘‘नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रतिबद्ध छ ।’’

सांसदहरुको एक जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ । सीमासम्बन्धी विषय संवेदनशील भएकाले वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । यस अनुरुप हाम्रो कूटनीतिक प्रयास निरन्तर जारी छ ।’’

त्यस्तै, उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अन्तर्राष्ट्रियसम्बन्धको स्वाभाविक प्रक्रिया भएको बताउनुभयो ।

मन्त्री कार्कीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा आबद्ध हुनका लागि नेपाल सरकारले कुनै निर्णय नगरेको र निर्णय गर्ने सोचमा पनि नरहेको स्पष्ट गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here