निकासीकर्ता उद्योगीलाई लक्षित गरी उत्पत्ति प्रमाणपत्र तालिम सुरु

86

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा उत्पत्ति प्रमाणपत्र सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सुरु भएको तालिममा निकासीकर्ता उद्योगीलाई लक्षित गरी उत्पत्ति प्रमाण पत्र जारी सम्बन्धि अनलाइन प्रक्रियाबारे दुई दिने तालिम सञ्चालन गरिएको छ । निकासी कर्ता उद्योगहरूलाई अनलाईन प्रक्रिया क्षेत्रबाट निर्यात गर्दै आएको तर उत्पत्ति प्रमाणपत्र लिएर विभिन्न उद्योगहरु हेर्दे आएका ३५ जनाको सहभागगिता रहेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बदलिदो परिवेश तथा समयसँगै व्यवसायिहरु पनि आफनो कर्ममा प्रविधिमैत्री हुनु पर्ने बताउँदै अनलाइन प्रविधिबाट उत्पत्तिको प्रमाणपत्र भर्ने तरिकाबारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसँग समन्वय गरी तालिम प्रदान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here