आत्मिक समृद्धि प्राप्ति नहुँदासम्म फक्रन सकिदैन

175

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने जनाएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो जनाएका हुन् । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उनले भने, ‘प्रकृतिको साधन गर्न सक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’

प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै  प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको जनाए । उनले प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको जनाउँदै  प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए ।

‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज समय बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने । ‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने, ‘आत्मक समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’    मन, बचन र कर्ममा अनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here