पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

118

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएकाे समाचारमा जनाइएको छ ।

बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधि बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाकाअनुसार सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतङ्ककारी समूहले प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गरेको थियो ।

सो समूहका आतङ्ककारी खोज्ने क्रममा आइतबार छ जना मारिएकाे पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परेर मारिएकामा यस्तै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी छन् ।

सो क्षेत्रमा केही महिना यतादेखि सैनिक पोष्टहरुमा आक्रमण गर्ने गरेको सो समूहका अन्य केही सदस्य र हातहतियार पनि उक्त सैनिक टोलीले कब्जा गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here